birat ribon

भारतको चिडियाखानाका आठ सिंहमा कोरोना

Neuro
भारतको चिडियाखानाका आठ सिंहमा कोरोना

विराटनगर / भारतको एउटा चिडियाखानामा राखिएका आठ सिंहमा कोरोना भाइरसको सङ्क्रमण भएका छन् ।

सेन्टर फर सेलुलर एन्ड मोलिक्युलर बायोलोजी (सिसिएमबी)ले जनाएअनुसार हैदरावादको नेहरु जुलोजिकल पार्क (एनजेडपी)मा राखिएका आठ सिंहमा पिसिआर जाँच गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । तर, एनजेडपीका निर्देशक डा. सिद्धानन्द कुक्रेतीले सिसिएमबीबाट परीक्षणको रिपोर्ट प्राप्त नभइसकेको हुँदा उनको उक्त कुरालाई पुष्टि वा अस्वीकार गरिसकेका छैनन् ।

cura insider

सिंहमा कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएको कुरा सत्य रहेको उनको भनाइ छ । २४ अप्रिलमा एनजेडपीका पशु चिकित्सकले चार भाले र चार पोथी सिंहमा खाना नखाने, नाकबाट पानी बग्ने, खोकीलगायत कोभिड १९ को लक्षणहरू पाएका थिए । पार्कका २५ कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुई दिनअघि मात्र चिडियाखाना बन्द गरिएको थियो ।

अवलोकनकर्ता वा कर्मचारीबाट सिंहमा भाइरस सरेको हुनसक्ने अनुमान गरिएको छ । तर, मानिसबाट जनावरमा भाइरस सरेको हो वा होइन भनेर पत्ता लगाउनका लागि जेनोम सिक्वेन्सिङ टेस्ट गरिने भएको छ । गत वर्ष अप्रिलमा न्यू योर्कको एउटा चिडियाखानामा आठ बाघ र सिंहमा कोरोना पुष्टि भएपछि विश्वमा सिंहमा कोरोना देखिएको यो दोस्रो घटना हो । विश्वका विभिन्न देशमा कुकुर, बिरालो, गोरिल्लामा भने सङ्क्रमण पुष्टि भएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: