birat ribon

आवश्यक सावधानी अपनाएमा मृतकको शरीरबाट कोरोना सर्दैन

Neuro
आवश्यक सावधानी अपनाएमा मृतकको शरीरबाट कोरोना सर्दैन

विराटनगर / मृत सङ्क्रमितको शरीरबाट भाइरस सर्नसक्ने सम्भावनाले मृतकका आफन्त र साथीहरूलाई अन्तिम संस्कार गर्ने बेलामा नजिकै आउन दिइँदैन ।

आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन । तर, शवबाट भाइरस सर्दैन भन्ने हुँदैन । कोभिड १९ फैलाउने सार्स–कोभ–२ भाइरस विशेषगरी थुक वा र्‍यालका छिटाहरूबाट सर्छ । बोल्दा, हाच्छ्युँ गर्दा वा खोक्दा निस्किएका भाइरस कतिपय सतहमा केही दिनसम्म जीवित रहन सक्छ ।

cura insider

जसकारण मृत्युपछि पनि सङ्क्रमणको जोखिम हुनसक्ने हुँदा रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ । आवश्यक सावधानी अपनाएमा मृतकको शरीरबाट कोभिड–१९ सर्छ भनेर डराउनु नपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ । कोभिड–१९ लागेर मृत्यु भएमा शव गाड्ने वा जलाउने कार्य सुरक्षितरूपमा व्यावसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ ।

डब्लुएचओका अनुसार इबोलाजस्ता रक्तस्राव हुनेखालका ज्वरो र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण हुँदैन । कडाखाले श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु भएका मानिसको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन् ।

चिरफारका बेला भाइरसहरू बाहिर आउनसक्ने वा प्रयोग भएका उपकरणहरूमा पनि भाइरस बस्न सक्छन् । जसकारण मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले नसम्हालिएमा रोग सर्नसक्ने अन्यथा शवबाट रोग सर्दैन भनेर निर्देशिकामा उल्लेख गरिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: