birat ribon

सङ्क्रमितले जथाभावी औषधि सेवन गर्न नहुने

Neuro
सङ्क्रमितले जथाभावी औषधि सेवन गर्न नहुने

विराटनगर / हिजोआज सङ्क्रमणलाई निको पार्न सकिने घरेलु उपाय भन्दै फेसबुक, युटुबलगायत सामाजिक सञ्जालमा गलत र भ्रामक सूचना सार्वजनिक भइरहेका छन् ।

यसका साथै आफन्त, चिनेका मान्छे तथा साथीभाइले आफू सङ्क्रमित हुँदा खाएको औषधि अन्यलाई पनि खान सुझाव दिइरहेको पाइन्छ । शरीरको तापक्रम एक सय वा सोभन्दा बढी पुगेमा, शरीर दुखेमा/टाउको दुखेमा भने सामान्य पारासिटामोल खान सकिन्छ । तर, सामाजिक सञ्जालमा लेखेका वा अन्य निको भएका सङ्क्रमितले प्रयोग गरेका औषधि सेवन गर्न नहुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।

cura insider

आफ्नो फेसबुकमार्फत दिएको सुझावअनुसार अप्रमाणित औषधि सेवन गरेर वा अन्य सङ्क्रमितलाई निको भएको औषधि खाएर समय र स्वास्थ्य नष्ट गर्नु हुँदैन । कोभिडको हालसम्म ठोस उपचार छैन । औषधि, अक्सिजन आदिले शरीरका अङ्गलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अङ्गलाई सपोर्ट दिएर बिरामीलाई बचाउनेमात्र हो ।

साथै, हरेक व्यक्तिको स्वास्थ्य अवस्था फरकफरक हुन्छ । चिकित्सकको सल्लाहबिना औषधिको जथाभावी सेवन गर्दा अवस्था झन् खराब हुनसक्छ । साथै, जाँच नगरी डाक्टरको परामर्शबिना घरमा अक्सिजन दिएर बस्नु हुँदैन । नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाचँ गराई अवस्थाअनुसार औषधि (एन्टिभाइरल/एन्टिबायोटिक) खानुपर्ने वा हस्पताल भर्ना भई उपचार थाल्नुपर्ने हुन्छ ।

भाइरसको नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउन सक्ने वा एक रातमै अवस्था गम्भीर हुनसक्ने हुँदा गाह्रो भएमा भोलि अस्पताल जान्छु भनेर बस्नु हुँदैन । अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा तुरुन्त डाक्टरको सल्लाह लिने वा अस्पताल जानुपर्ने हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: