birat ribon

कोरोना सङ्क्रमित वृद्ध पुरुषको बीपीमा मृत्यु

Neuro
कोरोना सङ्क्रमित वृद्ध पुरुषको बीपीमा मृत्यु

विराटनगर / कोरोना भाइरस सङ्क्रमित उदयपुर घर भएका एक जना वृद्ध पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि वैशाख १७ गते उपचारका लागि भर्ना गरिएका ७० वर्षीय वृद्धको बुधबार (आज) बिहान मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उपचारकै क्रममा सङ्क्रमित वृद्धाको मृत्यु भएको हो ।

cura insider

मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पुरानो समस्या भएको वा नभएको विषयमा प्रतिष्ठानले केही पनि खुलाएको छैन । शवको व्यवस्थापन नियमअनुसार हुने जनाइएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: