birat ribon

विश्वमा कोरोना सङ्क्रमित तीन सय ८३ नेपालीको मृत्यु

Neuro
विश्वमा कोरोना सङ्क्रमित तीन सय ८३ नेपालीको मृत्यु

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित बनेका मध्ये तीन सय ८४ जना नेपाली नागरिकको विश्वका विभिन्न मुलुकमा मृत्यु भएको छ ।

वैदेशिक रोजगारी, अध्ययनदेखि लिएर विभिन्न कामका सिलसिलामा विदेशमा रहेका चार हजार चार सय ९८ जना नेपालीमा अहिलेसम्म सङ्क्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म भारतसहित विश्वका २१ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । सबैभन्दा बढी साउदी अरबमा ९० जना नेपाली नागरिकको मृत्यु भएको छ । त्यस्तै, बेलायतमा ८७ जना, भारतमा ७१, यूएईमा ५०, कतारमा २२ र कुवेतमा १९ जनाको मृत्यु भएको हो ।

cura insider

अमेरिकामा १८, पोर्चुगलमा चार, मलेसियामा तीन, बहराइनमा तीन र दक्षिण अफ्रिकामा दुई जनाको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घको तथ्याङ्कमा उल्लेख छ । जर्मनी, आयरल्यान्ड, लक्जमबर्ग, स्विडेन, नेदरल्यान्ड, टर्की, केन्या, अल्जेरिया, युगान्डा, इजरायल, यमन, जापान र क्यानडामा एक–एक नेपालीको मृत्यु भएको छ ।

भारतमा दुई सातामा ३० नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । अहिलेसम्म भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । तीन हजार अहिले पनि उपचाररत छन् ।

एनआरएनको स्वास्थ्य समितिका अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८३ जना नेपालीको कोरोनाका कारणले मृत्यु भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: