birat ribon

झापामा आज रातिबाट पूर्ण निषेधाज्ञा

Neuro
झापामा आज रातिबाट पूर्ण निषेधाज्ञा

विराटनगर /कोरोना भाइरस सङ्क्रमण फैलावट तीव्र बनेपछि बुधबार (आज) मध्यरातिदेखि लागु हुने गरी झापामा पूर्ण निषेधाज्ञा लगाइएको छ ।

सङ्क्रमणको दोस्रो लहरको भयावह स्थितिलाई मध्यनजर गरेर झापामा पूर्ण निषेधाज्ञा लगाएको हो । आइतबार रातिदेखि आङ्शिक निषेधाज्ञा लगाइएको थियो । त्यसको उल्लङ्घन नरोकिएपछि प्रशासनले कडा कदम चालेको छ ।

cura insider

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सर्वसाधारण आफै सचेत नभएको र आङ्शिक निषेधाज्ञाको उल्लङ्घन बढेको पाइएपछि पूर्ण निषेधाज्ञा लगाउनु परेको बताए । दिनानुदिन ठूलो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित थपिन थालेपछि बाध्य भएर कडा निर्णय लिनुपरेको उनको भनाइ छ ।

तिमल्सिनाका अनुसार झापामा बुधबार मध्यरातदेखि पूर्ण निषेधाज्ञा लगाउने निर्णय भइसकेको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मङ्गलबार राति बसेको बैठकले जिल्लाभर पूर्ण निषेधाज्ञा लगाउने निर्णय गरेको उनको भनाइ छ । वैशाख ३१ गते राति १२ बजेसम्म पूर्ण निषेधाज्ञा कायम रहने छ ।

आङ्शिक निषेधाज्ञामा बिहान ११ बजेसम्म पसल खोल्न दिइनुका साथै जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन भइरहेका थिए । पूर्ण निषेधाज्ञा लागू भए पश्चात् भने पसल बजार, यातायात पूर्ण रुपमा बन्द र कार्यान्वयनमा कडाई गरिने प्रजिअ तिमल्सिनाले बताए । झापामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात सय ४१ पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: