birat ribon

नोबेलमा कोरोना सङ्क्रमित दुई पुरुषको मृत्यु

Neuro
नोबेलमा कोरोना सङ्क्रमित दुई पुरुषको मृत्यु

विराटनगर / एक वृद्धसहित कोरोना भाइरस सङ्क्रमित दुई पुरुषको बुधबार बिहान विराटनगरमा मृत्यु भएको छ ।

५४ र ६७ वर्षीय पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भयो । सङ्क्रमित पुरुषलाई उपचारका लागि मङ्गलबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

cura insider

उपचारका लागि भर्ना गरिएको आठ घण्टामै उनको मृत्यु भएको हो । मृतकको घाँटीमा क्यान्सरको समस्या रहेको जानकारी दाहालले दिए ।

यसैबीच विराटनगर महानगरपालिका–१२ घर भएका ६७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । कोरोना सङ्क्रमण देखिएका उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याउनसाथ आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको भए पनि सङ्क्रमित पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको दाहालले बताए । मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो समस्या केही पनि नभएको दाहालले बताए । दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी उनले दिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: