birat ribon

जुम्ल्याहाको नाम कोभिड र कोरोना

Neuro
जुम्ल्याहाको नाम कोभिड र कोरोना

विराटनगर / कोरोना भाइरस सङ्क्रमणको कठिन परिस्थितिसँग जुधिरहेको भारतमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोभिड र कोरोना राखिएको छ ।

भारतको छत्तिसगढको राजधानी रायपुरमा एक महिलाले कोरोना भाइरसको महामारीबीच जुम्लयाहा बच्चालाई जन्म दिएपछि उनीहरुको नाम कोभिड र कोरोना राखिएको हो । अहिले दुनियाँमा आतङ्कको पर्याय बनेको कोरोना भाइरसको महामारीबीच जन्मिएका छोरा र छोरीलाई उनले नाम पनि यहीसँग सम्बन्धित दिएकी छिन् ।

cura insider

रायपुरको पुरानो बस्तीमा बस्ने विनय र प्रीति बर्माले आफ्नो जुम्ल्याहा बच्चालाई यो नाम दिएको भारतीयको चर्चित पत्रिका हिन्दुस्तान टाइम्समा उल्लेख गरिएको छ । प्रीतिले एक साताअघि जुम्लयाहा बच्चालाई जन्माएकी हुन् । दुवै बच्चाको स्वास्थ्य अवस्था राम्रो छ । उनले छोराको नाम कोभिड र छोरीको नाम कोरोना राखेको सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: