birat ribon

ल्याउनै सकिएन कोरोनाविरुद्धको खोप

Neuro
ल्याउनै सकिएन कोरोनाविरुद्धको खोप

विराटनगर / सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको भए पनि ल्याउन भने सकिरहेको छैन ।

भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो। ‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कहिले आइपुग्छ भन्ने कुरा यकिनका साथ भन्न सक्ने अवस्था छैन।’

cura insider

स्वास्थ्य मन्त्रालयमार्फत खोप खरिदका लागि छनोट गरिएको मुलुकमा रहेका कूटनीतिक नियोगमार्फत खरिद तथा अनुदानमा उपलब्ध गराउन आग्रह गरिएको छ। सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतहरूलाई सहजीकरण गर्न निर्देशन दिइएको परराष्ट्र स्रोतले बताएको छ। भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा सक्रिय भएका छन्। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon

प्रतिक्रिया दिनुहोस्: