birat ribon

सङ्क्रमित बढेसँगै अक्सिजनको चरम अभाव

Neuro
सङ्क्रमित बढेसँगै अक्सिजनको चरम अभाव

विराटनगर / मुलुकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि अक्सिजनको चरम अभाव हुन थालेको छ ।

श्वासप्रश्वासमा समस्या हुने सङ्क्रमितलाई अक्सिजनको अत्यन्तै आवश्यक पर्छ । दिनहुँ सयौं सङ्क्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको छ । सङ्क्रमितको सङ्ख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ। यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने उद्योगीले बताएका छन्।

cura insider

नेपाल अक्सिजन उत्पादक सङ्घले स्वदेशमै पर्याप्त परिमाणमा उत्पादन गर्न सकिने जनाएको छ। तर, उत्पादित अक्सिजन भर्ने सिलिन्डरको पनि चर्को अभाव भएको सङ्घका अध्यक्ष गौरव शारदाले बताए। उनका अनुसार उपत्यकासहित देशभरको बिरामीको चापअनुसार अक्सिजन व्यवस्थापन गर्न थप ४० हजार सिलिन्डर आवश्यक छ।

देशभर अक्सिजन उत्पादन गर्ने उद्योग २२ वटा छन् । यीमध्ये आठवटा उपत्यकामा छन् । तीन उद्योग बजार अभावमा बन्द भएको अध्यक्ष शारदाले बताए। नेपालगन्ज, भैरहवा, चितवन, बुटवल, वीरगन्ज, विराटनगर र इटहरीमा अक्सिजन उद्योग सञ्चालनमा छन्। सङ्घका अनुसार कोरोनाको दोस्रो लहर सुरु हुनुअघि निजी क्षेत्रबाट उत्पादन हुने अक्सिजनमध्ये ५५ प्रतिशत औद्योगिक क्षेत्र र बाँकी ४५ प्रतिशत विभिन्न अस्पतालमा खपत हुँदै आएको थियो । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon

प्रतिक्रिया दिनुहोस्: