birat ribon

बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने अमेरिकी तयारी

Neuro
बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने अमेरिकी तयारी

विराटनगर / अमेरिकाले बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिने तयारी थालेको छ ।

यसअघि बालबालिकालाई खोप दिइएको थिएन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अब नयाँ भ्याक्सिन बालबालिकालाई दिइने बताए । उनले नयाँ खोपको लक्ष्य भनेकै बालबालिका भएको बताएका छन् । पहिलो चरणमा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकामा खोप दिइने छ ।

cura insider

यसअघि अमेरिकाले १५ वर्ष मुनीकालाई खोप दिएको थिएन । राष्ट्रपति बाइडेनले बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोप दिइने बताए । अर्को साताको अन्त्यबाट यो प्रयोगमा आउन सक्ने पनि उनले बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित बनेकामध्ये २२ प्रतिशत बालबालिका रहेको विभिन्न अध्ययन एवं अनुसन्धानले देखाएका छन् । बालबालिकामा देखिएको सङ्क्रमण अघिल्लो वर्षको भन्दा ३ प्रतिशतले बढी हो ।

अमेरिकामा अहिलेसम्म आधा जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । राष्ट्रपति बाइडेनले अब ४ जुलाइसम्म ७० प्रतिशत अमेरिकी नागरिकलाई खोप दिइसक्ने लक्ष्य रहेको सुनाए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: