birat ribon

फाइनल पुग्ने दाउमा रियल र चेल्सी

Neuro
फाइनल पुग्ने दाउमा रियल र चेल्सी

विराटनगर / युरोपियन च्याम्पियन्स लिगमा आज स्पेसिन क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब चेल्सीको सामना गर्दैछ । रियलले सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा चेल्सीको सामना गर्न लागेको हो ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुने यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछ । यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै फाइनल पुग्ने दाउमा हुनेछन् । अघिल्लो लेगको खेल १–१ गोलको बराबरीमा सकिएका कारण यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पुनः बराबरी भएको खण्डमा अवे गोलका आधारमा उपाधि नजिक पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

cura insider

रियल र चेल्सीबीचको विजेता टोलीले उपाधिका लागि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटी पहिलो पटक युरोपको सर्वाधिक ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

मङ्गलबार राति भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्धको दोस्रो लेगको खेलमा २–० गोल र समग्रमा ४–१ को नतिजासहित सिटी फाइनल पुगेको हो ।

आजको खेलमा रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले स्टार खेलाडीहरूलाई मैदान उतार्ने छन् । यस खेलबाट कप्तान सर्जियो रामोस मैदान फर्किँदैछन् ।
त्यस्तै, चेल्सीसँगको खेलका लागि जिदानेले फर्लान मेन्डी, मार्सेलो र फेडे भाल्भेर्डेलाई समेटेका छन् । त्यसबाहेक इडेन हाजार्ड, करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसियस जुनियर, क्यासेमिरो, टोनी क्रुसलगायत खेलाडी समावेश गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: