birat ribon

पिएसजीलाई हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

Neuro
पिएसजीलाई हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

विराटनगर / इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक युरोपको सर्वाधिक ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मङ्गलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्धको दोस्रो लेगको खेलमा २–० गोल र समग्रमा ४–१ को नतिजासहित सिटी फाइनल पुगेको हो ।

यससँगै सिटी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि नजिक पुगेकाे हो । यसअघि सिटीले फाइनलमा स्थान बनाउन सकेको थिएन । सिटीले पिएसजीलाई हराएर फाइनल पुग्दै नयाँ उपलब्धि हासिल गरेको हो । त्यसअघि पहिलो लेगको खेलमा सिटीले २–१ गोलको जित निकालेको थियो ।

cura insider

गए राति सिटीको मैदानमा घरेलु टोलीलाई जिताउन रियाद महरेजले दुवै गोल गरे । खेलको ११औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा उनले दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

६९औँ मिनेटमा एन्जल डी मारियाले रातो कार्ड खाँदै मैदान छोडेपछि पिएसजी दस खेलाडीमा सीमित बनेको थियो । र, बाँकी समय गोल नहुँदा सिटी फाइनलमा पुगेको हो । सिटीको ५१ वर्षको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो । 

अब सिटीले फाइनलमा रियल मड्रिड र चेल्सीबीचको विजेता टोलीको सामना गर्नेछ । रियल र चेल्सीले आज राति दोस्रो लेगको खेल खेल्दैछन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: