birat ribon

भाँचियो बरगाछीको स्तम्भ

Neuro
भाँचियो बरगाछीको स्तम्भ

विराटनगर / विराटनगरको बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । मङ्गलबार राति ना७ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकस्थित लायन्स क्लब अफ विराटनगरले बनाएको स्तम्भ भाँचिएको हो ।

राति करिब ९:३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त ट्रकले ठोक्किएर स्तम्भ भाँचिएको हो । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लबले उक्त स्तम्भ बनाएको थियो ।

cura insider

ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका– ६ का २५ वर्षीय पदम ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: