birat ribon

डिस्पोजेबल मास्कले वातावरण दूषित गर्न सक्ने

Neuro
डिस्पोजेबल मास्कले वातावरण दूषित गर्न सक्ने

विराटनगर / डिस्पोजेबल मास्कले वातावरणलाई दूषित गर्न सक्ने अध्ययनले देखाएको छ । मास्कले रासायनिक प्रदूषण तथा नानोप्लाष्टिक उत्सर्जन गर्न सक्ने बेलायतको स्वानसी विश्वविद्यालयले गरेको अध्ययनले देखाएको हो ।

वैज्ञानिकहरूका अनुसार प्रयोग गरेर फालिएको मास्कलाई पानीमा डुबाउँदा धातु र प्लास्टिक फाइबर निस्किएको हो । महामारीअघि प्लास्टिक स्ट्र, प्याकेजिङ घटाउने विषयमा काम गरिरहेपनि हालको समयमा सयौँ, हजारौँ मास्क डिस्पोज गरिरहेको अध्ययनका प्रमुख डा. सार्पर सार्प बताउँछन् ।

cura insider

उनका अनुसार प्राथमिकतालाई क्रमबद्ध गर्न जरुरी रहेको हुँदा सबैभन्दा पहिले महामारीबाट जोगिन र जनस्वास्थ्यको रक्षा गर्नुपर्छ । त्यसपछि वातावरणलाई संरक्षण गर्न कदम चाल्नु पर्ने हुन्छ ।

गत वर्षको नोभेम्बरपछि परीक्षण गर्दै जाँदा वैज्ञानिकहरूले मास्कमा धेरै रसायनहरू भेट्टाएका थिए । यी रसायनहरू मास्क उत्पादन गर्दा प्रयोग गरिने रङ्गहरूसँग सम्बन्धित रहेको पाइएको छ । परीक्षण गरिएका हरेक मास्कबाट लिड (सिसा), एन्टिमोनी र क्याडमियमजस्ता हानिकारक रसायन पाइएको थियो ।

स्वानसी विश्वविद्यालयका डा. गेरायन्ट सुलिवानका अनुसार यस्ता धातुहरू पानीबाट छुट्ट्याउन सकिँदैन र सञ्चित भएर लामो समयसम्म रहन्छ । यो समस्या तत्कालका लागि ठूलो नदेखिए पनि यसले भविष्यमा गम्भीर खतरा उत्पन्न गर्न सक्छ ।

मास्क लगाउनुका फाइदा धेरै छन् र यसको प्रयोग गर्न जरुरी हुन्छ । तर मास्क बनाउन प्रयोग हुने सामग्रीको गुणस्तरको विषयमा नियम बनाउन आवश्यक हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: