birat ribon

सकियो ‘प्रकाश’को छायाङ्कन

Neuro
सकियो ‘प्रकाश’को छायाङ्कन

विराटनगर / दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को छायाङ्कन सकिएको छ । क्यामेरा अन भएको ४२ दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण टिमले जनाएको छ ।

प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहेको फिल्मको छायाङ्कन जुम्लामा गरिएको थियो । शिक्षक बन्न सङ्घर्ष गर्ने एक युवाको कथामा निर्माण भएको फिल्म ‘प्रकाश’ मा प्रदीप गाउँले युवाको भूमिकामा प्रस्तुत भएका छन् ।

cura insider

फिल्ममा दीया मास्के, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ भने फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: