birat ribon

एनएसएल : बुटवलले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

Neuro
एनएसएल : बुटवलले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

काठमाडौँ / नेपाल सुपर लिगअन्तर्गत काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । मङ्गलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौँले बुटवललाई १–० गोलले हराएको हो ।

हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गरे । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका हुन् ।

cura insider

जितसँगै काठमाडौंँले तीन अङ्क बटुलेको छ । काठमाडौँको चार खेलमा सात अङ्क भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अङ्क जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: