birat ribon

कोरोना सङ्क्रमणबाट क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन

Neuro
कोरोना सङ्क्रमणबाट क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन

काठमाडौँ / कोरोना भाइरसको सङ्क्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । मङ्गलबार उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको ओलम्पियन दीपक महर्जनले जानकारी दिए ।

यही वैशाख १६ गते कोरोनाबाट सङ्क्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएकामा निको नभएपछि वैशाख १९ गते थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल लगिएको थियो ।

cura insider

बज्राचार्यले सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इण्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए ।

इन्डोनेसियामा सम्पन्न प्रतियोगितामा उनले कास्य पदक प्राप्त गरेका थिए । विसं २०३९ देखि क्योकुसिन कराते खेल्दै आएका बज्राचार्य दुई पटक राष्ट्रिय च्याम्पियन बनेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: