birat ribon

बिहेमा हिँडेकी सरिताको शव मकैबारीमा भेटियो, बलात्कारपछि हत्याको आशङ्का

Neuro
बिहेमा हिँडेकी सरिताको शव मकैबारीमा भेटियो, बलात्कारपछि हत्याको आशङ्का

विराटनगर / आइतबार मोरङको रतुवामाई नगरपालिका–६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । शव भेटिएको दुई दिनपछि मृत अवस्थामा भेटिएकी महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार बाबु धनुष सोरेनले मृतकको सनाखत गरेका हुन् । उनले शव बुझेर पनि लगेका छन् । ‘महिलाको पहिचान खुलेको छ, बुबाले सनाखत गरे,’ डिएसी राईले भने, ‘थप अनुसन्धान जारी छ ।’

cura insider

३२ वर्षीय सरिताका श्रीमानको दुई वर्षअघि मृत्यु भएको थियो । एक सन्तानकी आमा उनी कानेपोखरी गाउँपालिका–२ मा रहेको गाई फर्ममा काम गर्थिन् ।

बिहेमा जाने भन्दै उनले शुक्रबार नै गाई फर्मबाट बिदा लिएकी थिइन् । शनिबार काममा नगएकी उनको शव आइतबार घाँस काट्न गएका रामप्रसाद भण्डारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डिएसपी राईले बताए । महिलामाथि बलात्कार भए–नभएको विषय पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने उनले बताए । उनका अनुसार शरीरमा निलडाम र चोट भएका कारण प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ ।

पहेलको कुर्ता र कालो टाउजर लगाएकी महिलाको घाटी र अनुहारमा निलडाम छ । उनले लगाएको कपडा च्यातिएको र सुरुवाल पनि सुर्किएको अवस्थामा भेटिएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रहरीले ट्रयाकर डग लिएर गएको थियो । तालिमप्राप्त कुकुर मकैबारीस्थित घटनास्थलबाट भित्री सडक हुँदै गाउँसम्म पुगेको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: