birat ribon

फ्रान्सेली बायुसेनापछि सबैभन्दा बढी राफेल लडाकू विमान राख्ने मुलुक बन्दै इजिप्ट

Neuro
फ्रान्सेली बायुसेनापछि सबैभन्दा बढी राफेल लडाकू विमान राख्ने मुलुक बन्दै इजिप्ट

विराटनगर / इजिप्टले फ्रान्ससँग अरू ३० वटा राफेल लडाकू विमान खरिद गर्ने भएको छ । योसहित इजिप्टसँग ५४ वटा राफेल लडाकू विमान हुनेछन् । अधिकारीहरूका अनुसार फ्रान्सेली बायुसेनापछि राफेल सबैभन्दा बढी राख्ने मुलुक इजिप्ट हुनेछ ।

दुवै मुलुकले राफेल विमान खरिद सम्झौता भएको मङ्गलबार घोषणा गरेका छन् । इजिप्टको सेनाले राफेल विमान खरिदका लागि फ्रान्ससँग १० वर्षे ऋण लिइएको जनाएको छ । तर सम्झौता के कति रकममा गरिएको हो भन्ने इजिप्टको सेनाले केही खुलाएको छैन ।

cura insider

इजिप्टले सन् २०१५ मा २४ थान राफेल लडाकू विमान ५ अर्ब ९३ करोड डलरमा खरिद गरेको थियो । फ्रान्समा उत्पादित अत्याधुनिक यस राफेल विमान खरिद गर्ने पहिलो राष्ट्र पनि इजिप्ट नै हो । निकै अत्याधुनिक भए पनि यसको विदेशमा बिक्री त्यति बढी हुन सकेको छैन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: