birat ribon

पहिलो पटक फैलिएको कोरोना भाइरसबाहेक नेपालमा दुईवटा भेरियन्ट पहिचान

Neuro
पहिलो पटक फैलिएको कोरोना भाइरसबाहेक नेपालमा दुईवटा भेरियन्ट पहिचान

विराटनगर / नेपालमा अहिलेसम्म पहिलो पटक फैलिएको कोरोना भाइरसबाहेक दुईवटा भेरियन्ट पहिचान गरिएको छ । गत फागुनमा जीन सीक्वन्सिङका लागि हङ्कङस्थित विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशाला पठाइएकामा नमूनाबाट नेपालमा यूके भेरियन्ट र भारतमा देखिएको डबल म्युटेन्ट भेटिएको थियो ।

नेपालमा दुईवटा भेरियन्ट मात्र पहिचान भए पनि थप नमूना अध्ययन गरे नयाँनयाँ भेरियन्ट भेटिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन् ।

cura insider

भारतमा यूके, अफ्रिकी र ब्रजिलियन तथा भारतमा विकसित डबल म्युटेन्ट भाइरस फैलिरहेको छ । डा. पुनका अनुसार भारतमा फैलिरहेको ती अन्य प्रकारका कोरोना नेपालमा आइसकेको वा नेपालमा नै कुनै नयाँ प्रकार विकसित भएर फैलिइरहेको पनि हुने सम्भावना छ । जसकारण नेपालमा फैलिरहेको भेरियन्ट कुन हो भनेर पहिचान हुन जरुरी छ ।

नयाँ भेरियन्टका भाइरस छिटो फैलिने मात्र नभई बढी सङ्क्रामकसमेत भएको अध्ययनहरूले देखाएको छ । दोस्रो लहरको सङ्क्रमणमा बालबालिका र किशोरकिशोरीहरू अघिल्लो पटकभन्दा बढी प्रभावित भेटिएका छन् । त्यस्तै, ५० वर्षभन्दा कम उमेरका व्यक्तिहरू पनि आइसियूमा भर्ना हुने दर पहिलेको भन्दा उच्च रहेको छ ।

उत्परिवर्तित भाइरसका कारण यसअघि नै सङ्क्रमण भएर प्रतिरोध क्षमता बनाइसकेका व्यक्तिहरूमा समेत पुनः सङ्क्रमणको जोखिम रहने त्रिभुवन विश्वविद्यालयको सूक्ष्मजीवविज्ञान विभागका पूर्वप्रमुख डा. मेघराज बन्जारा बताउँछन् ।

अहिलेसम्म पत्ता लागेका भेरियन्टमा खोप प्रभावकारी हुने भनिएपनि खोपले लक्षित गरेको एन्टिजनमै उत्परिवर्तन भएर नयाँ प्रकारका भाइरस बन्दा अहिलेसम्म बनेका र प्रयोगमा रहेका खोपहरूले समेत भाइरसविरुद्ध काम नगर्ने अवस्था आउन सक्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: