birat ribon

प्रदेशमा थपिए ६ सय ११ कोरोना सङ्क्रमित, विराटनगरमा एक सय ९६

Neuro
प्रदेशमा थपिए ६ सय ११ कोरोना सङ्क्रमित, विराटनगरमा एक सय ९६

विराटनगर / विराटनगरमा एक सय ९६ सहित प्रदेश १ मा आज ६ सय ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ३ सय १६ जनाको पिसिआर गर्दा दुई सय ५५ महिला र तीन सय ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार मोरङमा दुई सय ६६, झापामा एक सय ६६, सुनसरीमा एक सय २७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण देखिएको छ ।

cura insider

मोरङको विराटनगरमा ९० महिला र १०३ पुरुष सहित १९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ , जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १–१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, विर्तामोडमा १४, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमलगाउँपालिकामा ७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३–३, बा¥हदशीमा २, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४–४, दुहवीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १–१, उदयपुरको कटारीमा ६, उदयपुरगढीमा ४ र स्थानीय तह नखुलेका १, इलामको सुर्योदय, माईजोगमाई, माई र इलाम नगरपालिकामा १–१, ताप्लेजुङमा २, खोटाङको खोटेहाङ र साकेलामा १–१, संखुवासभाको खाँदबारीमा २, धनकुटामा २ र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

jackson ribon