birat ribon

नेपालमा कोरोना : मृतकको सङ्ख्यामा नयाँ रेकर्ड, साढे सात हजार थपिए सङ्क्रमित

Neuro
नेपालमा कोरोना : मृतकको सङ्ख्यामा नयाँ रेकर्ड, साढे सात हजार थपिए सङ्क्रमित

विराटनगर / नेपालमा थप सात हजार ६ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लाे २४ घण्टामा ५५ जना काेराेना सङ्क्रमितकाे मृत्यु भएको छ । याे सङ्ख्या कोरोना सङ्क्रमण सुरू भएयता कै उच्च हाे ।

cura insider

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ पीसीआर परीक्षणमा सात हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस एक हजार ७ सय ७५ सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ । ती मध्ये ६ सय १६ जना आईसीयूमा र १ सय ७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

दुई लाख ८७ हजार ७९० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणबाट तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: