birat ribon

बैतडीमा शव बोकेको जिप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

Neuro
बैतडीमा शव बोकेको जिप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

बैतडी / बैतडीको पञ्चेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । मङ्गलबार पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।

आज चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

cura insider

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी, दीपक भण्डारी र चालक तेजबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने, चालकको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: