birat ribon

विमानस्थलमा नेपाल छोड्नेहरूको लर्को

Neuro
विमानस्थलमा नेपाल छोड्नेहरूको लर्को

काठमाडौँ / सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरूको भिड बढेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएपछि विमानस्थलमा नेपाल छोड्नेहरूको भिड बढेको हो ।

मन्त्रिपरिषद्को बैठकले सङ्क्रमणको चेन ब्रेक गर्न काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान भने सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान आज (२१ गते) बाट तोकिएको छ भने अन्तर्राष्ट्रिय उडान २३ गते बाट रोकिँदैछ ।

cura insider

अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भिड विमानस्थलमा बढेको हो । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरूले पनि तालिका संशोधन गरेर अगाडि नै यात्रु उडाउन लागेका छन् ।

कोरोनाको सङ्क्रमण झन बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी पनि गरेको छ । काठमाडौँ उपत्यकाबाहिर देशैभरि ४० बढी जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: