birat ribon

ओल्बाको ‘भेज’ सम्बोधन, नयाँ चुनावी रणनीति !

Neuro
ओल्बाको ‘भेज’ सम्बोधन, नयाँ चुनावी रणनीति !

कन्टिर–बाबू साँच्चै आश्चर्यचकित छन्, हाम्रा ओल्बाले सोमबार देशवासीका नाममा बकस भएको ‘उपदेश’ पहिले–पहिलेको भन्दा बिल्कुल बेमेल र फरक थियो ।

कन्टिर–बाबू छक्क पर्दै सोचिरहेका छन्, के ओल्बाको उखान–टुक्का खजानामा कुनै कमी आएको हो कि क्या हो ? कि पछिलाई एकमुस्ट प्रयोग गर्न जोगाएर राख्या हुन् ?

cura insider

सोमबार ओल्बाले आफ्नो उपदेश वितरणका सन्दर्भमा कुनै उखान–टुक्काको प्रयोग नगरेको मात्र होइन, आफूलाई चित्त नबुझेका र विपक्षीहरूलाई गर्ने गाली पनि गरेनन् । कन्टिर–बाबूलाई चिन्ता लागेको छ, उखान–टुक्का, चुट्किला र गालीबिनाको ओल्बाली ‘भेज’ भाषण अब कसले सुन्ला ?

यतिमात्र होइन ओल्बासँग अब कोरोना नियन्त्रण टिप्स पनि सकिएजस्तो छ । सोमबार उनले न त अम्बा–बेलौतीको पात, न बेसार, न गुर्जो–चिराइतो, न हिमालको चिसो हावा, केहीको पनि कुरा गरेनन् । बरू उनले नपत्याउँदो पाराले कोरोना जस्तो महामारीमा विशेषज्ञ–डाक्टरको सल्लाह लिन उचित हुने पो सुझाए ।

ओल्बाले प्रदेशसभा भङ्ग गर्न सिफारिस गर्ने वा त्यस्तो धम्की दिनेसम्म सोचिएको थियो राजनीतिक–वृत्तमा । तर भइदियो के ? हात्ती आयो हात्ती आयो फुस्सा !

कन्टिर–बाबू थप सोचिरहेछन्– होइन, के यो भा’को हाम्रा ओल्बालाई ? यस्तो पनि हुन्छ ? हनुवा भनेर नाम कमाएको गोरूले कुनै दिन कसैलाई हान्न चाहेन भने तपाईलाई कस्तो लाग्छ ? सधैँ नुन चर्काे पार्ने भान्छेले कुनै दिन तरकारीमा नुन प्रयोग गर्नै बिर्सियो भने तपाई के भन्नुहुन्छ ?

लुम्बिनीको राजीनामा प्रकरणपछि ओल्बाले सोमबार अचानक देशवासीका नाममा सम्बोधन गर्ने निर्णय गरेसँगै बाहिर अनेक लख काटिएको थियो । ओल्बाले प्रदेशसभा भङ्ग गर्न सिफारिस गर्ने वा त्यस्तो धम्की दिनेसम्म सोचिएको थियो राजनीतिक–वृत्तमा । तर भइदियो के ? हात्ती आयो हात्ती आयो फुस्सा !

यता, ओल्बाले जसरी पनि आफ्नै नेतृत्वमा चुनाव गराउन चाहन्छन् भन्ने चर्चा व्यापक छ । यसैले त उनले संसदबाट विश्वासको मत लिन खोजेका हुन् रे ! विश्वासको मत पाए ठीक, सत्ता चलिहाल्छ । होइन भने आफ्नै नेतृत्वमा चुनाव । लागे लाग मोहनी, नत्र बूढी घरैमा छे भने जस्तो !

तर कन्टिर–बाबूले समय–सान्दर्भिक उखान–टुक्का सम्झेर के गर्नु ! ओल्बाले बाँकी उखान–टुक्काको मुहानै थुनिदिए । कथमकदाचित चुनावमा जानैपर्ने अवस्था आएछ भने त्यसबेला काम लाग्छ भनेर बाले सोचेका हुन सक्छन् ।

चुनावका बेला हिट हुने खालका टिप्सहरू दिन नसक्दा जनताले नपत्याउने, भाषण सुन्न नआउने र भोट प्रभावित हुनसक्ने आँकलन गरी टिप्सरूपी शक्ति सञ्चय गरेको हुनसक्छ । सम्भावना त जे पनि हुनसक्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: