birat ribon

चेल्सीसँग खेल्ने रियलको टोली घोषणा, रामोस टोलीमा फर्किए

Neuro
चेल्सीसँग खेल्ने रियलको टोली घोषणा, रामोस टोलीमा फर्किए

विराटनगर / स्पेसिन क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगअन्र्तगत इङ्ग्लिस क्लब चेल्सीविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ । मङ्गलबार रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले २३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

बुधबार राति रियलले चेल्सीसँगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेल खेल्दैछ । चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुने यो खेल बुधबार राति १२ः४५ बजे हुनेछ ।

cura insider

अघिल्लो लेगको खेल १–१ गोलको बराबरीमा सकिएका कारण यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पुनः बराबरी भएको खण्डमा अवे गोलका आधारमा उपाधि नजिक पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

चेल्सीसँगको खेलका लागि जिदानेले कप्तान सर्जियो रामोस, फर्लान मेन्डी, मार्सेलो र फेडे भाल्भेर्डेलाई समेटेका छन् । त्यसबाहेक इडेन हाजार्ड, करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसियस जुनियर, क्यासेमिरो, टोनी क्रुसलगायत खेलाडी समावेश छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: