birat ribon

सुनसरीमा वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा जारी

Neuro
सुनसरीमा वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा जारी

विराटनगर / सुनसरीमा वैशाख ३१ गतेसम्म लागू हुनेगरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार मङ्गलबार बसेको डिसिसिएमसीको बैठकले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको हो ।

उनले आजबाट लागू हुनेगरी वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा जारी भएको बताउँदै जोर–बिजोर प्रणालीसमेत हटाएको बताए । यस्तै अत्यावश्यकबाहेक हिँडडुलमा रोक लगाउँदै निषेधाज्ञा कडा बनाएको उनको भनाइ छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरिएको उनले बताए ।

cura insider

सुनसरीका इनरुवा, दुहवी, धरान, इटहरी उपमहानगरपालिका, रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोशी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

यसअघि जोरबिजोर प्रणाली लागू गरे पनि अब भने जोरबिजोर प्रणाली समेत हटाइएको र अत्यावश्यक बाहेक हिँडडुलमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

No photo description available.
May be an illustration of text

jackson ribon

प्रतिक्रिया दिनुहोस्: