birat ribon

बार्सिलोनाको टिमलाई मेस्सीले दिए पार्टी, घन्कियो ‘च्याम्पियन च्याम्पियन’को नारा

Neuro
बार्सिलोनाको टिमलाई मेस्सीले दिए पार्टी, घन्कियो ‘च्याम्पियन च्याम्पियन’को नारा

विराटनगर / बार्सिलोनाका कप्तान लियोनल मेस्सीले टिमका सहकर्मीहरूलाई आफ्नै घरमा बोलाएर पार्टी दिएका छन् । सोमबार साँझ बार्सिलोनाको टोली मेस्सीको घरमा पहिलोपटक जम्मा भएको हो । यसअघि विभिन्न रेस्टुरेन्टमा वा अन्यत्र कहीँ सामूहिक भेला भए पनि मेस्सीको घरमा भने यो नै पहिलोपटक हो ।

मेस्सीले आयोजना गरेको पार्टीमा ‘च्याम्पियन च्याम्पियन’को नारा घन्किएको थियो । एथ्लेटिको मड्रिडविरुद्धको खेलअघि नै बासिलोनाका खेलाडीले ला लिगा जित्ने दाबीसहित च्याम्पियनको नारा लगाएका हुन् ।

cura insider

रोनाल्ड कोइम्यान नेतृत्त्वको बार्सिलोनाले आगामी शनिबार क्याप नोउमा एथ्लेटिकोसँग खेल्दैछ । बार्सिलोना ७४ अङ्कसहित तेस्रो स्थानमा छ । समान अङ्क भएको रियल मड्रिड दोस्रो स्थानमा रहँदा एथ्लेटिको ७६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

तीनै क्लब उपाधि होडमा रहेपनि बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको खेल भने निर्णायक बन्न सक्ने देखिएको छ । यस खेलमा बार्सिलोना विजयी भएमा शीर्ष स्थानसहित उपाधि होडमा बलियो बन्नेछ ।

हारेको खण्डमा भने एथ्लेटिकोले उपाधि होडमा राम्रो पकड राख्नेछ । तर बराबरी भएको खण्डमा भने रियललाई फाइदा पुग्ने देखिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: