birat ribon

वाणिज्य विभागले भन्यो : दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक छ

Neuro
वाणिज्य विभागले भन्यो : दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक छ

काठमाडौँ / चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुहरू पूर्ण रूपमा लकडाउन भएको अवस्थामा पनि तीन महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताएका हुन् ।

cura insider

उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रूपमा भइरहेको बताउँदै महानिर्देशक पौडेलले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद सञ्चय पनि आग्रह गरे । खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए ।

दैनिक उपभोग्य वस्तुहरूको अस्वभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने विभागले जनाएको छ । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको उमहानिर्देशक पौडेलको भनाइ छ ।

jackson ribon