birat ribon

म्याराडोनाको कीर्तिमान नजिक मेस्सी

Neuro
म्याराडोनाको कीर्तिमान नजिक मेस्सी

विराटनगर / बार्सिलोनाका कप्तान लियोनल मेस्सी लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको कीर्तिमान नजिक पुगेका छन् । सोमबार राति भ्यालेन्सियाविरुद्ध फ्रिकिकमा आकर्षक गोल गरेका अर्जेन्टिनी स्टार मेस्सी म्यारोडोनाको रेकर्ड नजिक पुगेका हुन् ।

बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा हराउँदा कप्तान मेस्सीले दुई तथा एन्टोइन ग्रिजम्यानले एक गोल गरेका थिए । मेस्सीले खेलको ५७औँ मिनेटमा पेनाल्टी मिस गरेको थिए । त्यसलगत्तै उनले गोल गरेका थिए । फेरि उनले ६९औँ मिनेटमा फ्रिकिकमा आकर्षक गोल गरे ।

cura insider

उक्त गोल मेस्सीको बार्सिलोनामा ५०औँ फ्रिकिक गोल थियो । र, क्लब तथा देशका लागि भने ५६औँ फ्रिकक गोल थियो । सो फ्रिकिकसँगै मेस्सी स्वर्गीय म्याराडोनाको रेकर्ड नजिक पुगेका हुन् ।

म्याराडोनाले उनको करिअरमा ५९ फ्रिकिक गोल गरेका थिए । मेस्सीले लिजेन्ड खेलाडी म्यानुअल पेलेग्रिनाको ४५ र डेनियल पासारेलाको ४३ फ्रिकिक गोलको रेकर्ड उछिनिसकेका छन् ।

मेस्सीले ४ अक्टोबर २००८ मा एथ्लेटिको मड्रिडविरुद्ध खेल्दा पहिलो फ्रिकिक गोल गरेका थिए । जसमा बार्सिलोनाले ६–१ गोलान्तरको जित निकालेको थियो । अब, बार्सिलोनाले यसै साता एथ्लेटिको मड्रिडको सामना गर्दैछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: