birat ribon

च्याम्पियन्स लिग : सिटी र पिएसजी भिड्दै

Neuro
च्याम्पियन्स लिग : सिटी र पिएसजी भिड्दै

विराटनगर / युरोपको सर्वाधिक ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगमा आज इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेल्दै छन् । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा पिएसजी र सिटीले नेपाली समयाअनुसार आज राति १२ः४५ बजे एक–अर्काको सामना गर्दै छन् ।

यो खेल सिटीको मैदानमा हुँदै छ । यस खेलमा पिएसजी कमब्याक गर्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछ । यसअघि पहिलो लेगको खेलमा पिएसजी २–१ गोलले पराजित भएको थियो । यता, सिटी भने आफ्नो अग्रता कायमै राख्दै फाइनल पुग्ने दाउमा हुनेछ ।

cura insider

यस खेलको विजेता टोलीले फाइनलमा रियल मड्रिड र चेल्सीबीचको विजेता टोलीको सामना गर्नेछ । रियल र चेल्सीले बुधबार राति दोस्रो लेगको खेल खेल्दैछन् ।

यस खेलमा पिएसजीले नेयमार, किलियन एम्बाप्पे, एन्जल डी मारिया, केलियन नाभास, माउरो इकार्डी र मोइसे किनलगायत खेलाडीलाई मैदान उतार्नेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: