birat ribon

झापामा साइकल गस्तीमा रहेका प्रहरीको चट्याङ लागेर मृत्यु

Neuro
झापामा साइकल गस्तीमा रहेका प्रहरीको चट्याङ लागेर मृत्यु

विराटनगर / झापामा चट्याङ लागेर प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको सोमबार राति गस्तीका क्रममा चट्याङ लगेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजे गस्तीमा रहेको अवस्थामा ४७ वर्षीय ठाकुरलाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनलाई तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।

cura insider

भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: