birat ribon

पौडी खेल्ने क्रममा खोलाले बगाएर युवाको मृत्यु

Neuro
पौडी खेल्ने क्रममा खोलाले बगाएर युवाको मृत्यु

विराटनगर / झापामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक युवाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–८ डुँडामारी का २८ वर्षीय जीवन थाम्सुहाङको सोमबारसाँझ पौडी खेल्ने क्रममा माईखोलाले बगाउँदा मृत्यु भएको हो । प्रहरीका अनुसार साँझ ५ः३० बजेतिर उनलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

cura insider

बेपत्ता भएपछि खोजी गर्ने क्रममा प्रहरी र स्थानीय बासिन्दाले उनलाई साँझ ७ बजेतिर मृत फेला परेका हुन् । उनको शव घटनास्थलभन्दा लगभग पाँच सय मिटर तल भेटिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: