birat ribon

इलाममा लडेर महिलाको मृत्यु

Neuro
इलाममा लडेर महिलाको मृत्यु

विराटनगर / इलामको माईजोगमाई गाउँपालिका–५ की एक महिलाको सोमबार राति लडेर मृत्यु भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार छिमेकीको घर जाने क्रममा चिप्लिएर लड्दा ५४ वर्षीय ख्यामकुमारी लिम्बू घाइते भएकी थिइन् । बाटोबाट लडेर उनी लगभग २० मिटर तल पुगेकी थिइन् ।

cura insider

गम्भीर अवस्थामा उपचारका लागि इलाम अस्पताल पुर्याउनसाथ राति १० बजेतिर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: