birat ribon

कांग्रेसको पदाधिकारी बैठक आज

Neuro
कांग्रेसको पदाधिकारी बैठक आज

विराटनगर / नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मङ्गलबार) बस्दै छ ।

प्रमुख विपक्षी दल कांग्रेसको सोमबार बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले अचानक स्थगित गरिएको थियो । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको हो ।

cura insider

अघिल्लो दिन स्थगित भए पनि भोलिपल्ट बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थिति, विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षाका साथै पार्टीको आसन्न १४ औं महाधिवेशनका विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: