birat ribon

भारतमा कोरोनाविरुद्धको खोपको चरम अभाव

Neuro
भारतमा कोरोनाविरुद्धको खोपको चरम अभाव

विराटनगर / कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि प्रयोग गरिने खोपको भारतमा चरम अभाव भएको छ ।

दैनिक तीन लाखभन्दा बढीमा कोरोना पुष्टि हुन थालेको छ । कोरोनाले अवस्था कहालीलाग्दो बनेपछि भारतमा खोप लगाउने सर्वसाधारण पनि बढेका छन् । एकै पटक ठूलो मात्रामा खोपको अवश्यकता परेपछि भारतमा त्यसको चरम अभाव भएको हो ।

cura insider

यो अवस्था अझै केहीसम्म जारी रहने खोप उत्पादकले जनाएका छन् । भारतमा विश्वकै ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युडले कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको छ । तर पनि भारत कोरोनाको तीव्र फैलावटसँगै खोपको अभावको सामना गर्न बाध्य भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रणमा लिनका लागि तयारी गर्न असफल भएको अवस्थामा खोपको अभाव भएको हो । यो अभाव कम्तीमा जुलाईसम्म जारी रहने विश्वकै ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युडले जनाएको छ ।

सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले खोपको कमी वा अभाव जुलाईसम्मै जारी रहने र यसको कारण पूर्वतयारीको कमी रहेको बताएका छन् । खोपको उत्पादन क्षमता प्रति महिना १० करोड मात्रा बताउने तयारी भइरहेका बेला पूनावालाबाट यस्तो चेतावनी आएको हो । उनका अनुसार यसअघि मासिक सात करोड मात्रामा खोप उत्पादन भइरहेको थियो ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदा भारतको अवस्था विश्वमै भयावह बनेर गएको छ । खोप अभियान जारी रहे पनि विभिन्न राज्यहरुले खोप अभाव भएको बताउँदै आएका छन् । यस्तै उपचारका लागि औषधि तथा अक्सिजनको अभावका कारण धेरैको ज्यान गइरहेको छ ।

सरकारले गएको जनवरीमा कोरोना भाइरसको सङ्क्रमण कम रहेका बेला सम्भावित दोस्रो लहर नियन्त्रण वा त्यससँग जुध्नका लागि कुनै तयारी नगरेको आरोप पूनावालाले लगाएका छन् । उनले भनेका छन्, ‘सबैले भारतमा कोरोना भाइरसको महामारी अन्त्य हुन लागेको वा भएको सोचे, सम्भावित दोस्रो लहर तर्फ ध्यानै गएन ।’

कोरोना भाइरसको महामारी नियन्त्रण प्रयासको सट्टा आत्मसन्तुष्टि र आन्तरिक राजनीतिलाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री मोदीको आलोचना हुने गरेको छ । ठूलो सङ्ख्यामा चुनावी सभा तथा कुम्भ मेलासहितका गतिविधिले सङ्क्रमण फैलिन ठूलो सहयोग गरेको विज्ञले बताएका छन् । त्यस्तो गर्नुमा सरकारको हात रहेको भन्दै मोदीको आलोचना भइरहेको हो ।

भारतले हालसम्म आफ्नो जनसङ्ख्याको दुई प्रतिशत भन्दा कम मानिसलाई खोप उपलब्ध गराइसकेको छ । गत शनिबारदेखि १८ वर्षमाथिका सबैलाई खोप लगाउने भन्दै तेस्रो चरणको अभियान थालिएको भए पनि खोप अभावमा प्रभावकारी हुन सकेको छैन ।

खोपको अभावलाई लिएर सेरम इन्स्टिच्युडलाई राजनीतिज्ञ तथा आलोचकहरुले बदनाम गरेको पूनावालाले बताएका छन् । तर खोपको अभाव हुनुमा सेरम नभई सरकारले लिएको नीति कारक रहेको उनले बताए ।

कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूडसँग नयाँ दिल्लीले फेब्रुअरी अन्त्यसम्मका लागि दुई करोड १० लाख मात्रा खोप अडर गरेको थियो । यस्तै मार्चमा थप ११ करोड मात्रा खोप माग भयो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: