birat ribon

कोरोना पुष्टि भएका कर्मचारीलाई १४ दिन विदा

Neuro
कोरोना पुष्टि भएका कर्मचारीलाई १४ दिन विदा

विराटनगर / नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित बनेका सरकारी र अर्धसरकारी निकायका कर्मचारीलाई १४ दिनको विदा दिइने भएको छ ।

कोरोना पुष्टि भएपछि उपचार र आरामका लागि कर्मचारीलाई दुई साता समय दिएर काज विदा दिइने भएको हो । देशमा कोरोनाको दोस्रो लहर तीव्र फैलिएसँगै सरकारले यस्तो निर्णय लिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड–१९ काज विदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरिसकेको छ ।

cura insider

कोभिड सङ्क्रमण भएर घरमै आइसोलेसनमा बसेका कर्मचारीले १४ दिन र अस्पताल भर्ना भई उपचार गराउनुपरेमा सो अवधिभर काज विदा दिने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । त्यसबाहेक कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले चार दिन काज विदा पाउनेछन् । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार कोरोनाको पहिलो लहरताका कोभिड काज विदाको निर्णय भएको थियो । अहिले फेरि सङ्क्रमण बढ्नुका साथै निषेधाज्ञा पनि जारी भएपछि पुरानो निर्णय कार्यान्वयनमा लगिएको उनको भनाइ छ

सङ्क्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार मन्त्रिपरिषद्को २०७७ मङ्सिर १० गतेको बैठकले कोभिड काज बिदाको निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपपरिषद् कार्यालयले १५ वैशाखमा पुनः परिपत्र गरेर कोभिड काज विदा दिन भनेको हो । सामान्यतया निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी विदा पाउँछन् । तर, कोभिड सङ्क्रमितलाई त्यो विदाले नपुग्ने भएकाले छुट्टै व्यवस्था गरिएको जानकारी अधिकारीले दिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: