birat ribon

कोरोना नियन्त्रण गर्न भारतमा सेनाको सहयोग माग

Neuro
कोरोना नियन्त्रण गर्न भारतमा सेनाको सहयोग माग

विराटनगर / कोरोना भाइरस तीव्र रुपमा फैलन थालेपछि नियन्त्रणका लागि भारतमा सेनाको सहयोग माग गरिएको छ ।

नियन्त्रणका लागि चालिएका विभिन्न कदमले सार्थकता पाउन नसकेपछि नयाँ दिल्ली सरकारले भारतीय सेनालाई गुहारेको हो । कोरोना भाइरस सङ्क्रमणका कारण भारत पछिल्लो समय थिलथिलो बनेको छ । त्यहाँ दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या अन्य मुलुकको भन्दा अत्याधिक धेरै छ ।

cura insider

कोरोनाको कठिन परिस्थितिको सामना गरिरहेको दिल्ली सरकारले नियन्त्रण सम्भव हुन नसकेको भन्दै हात उठाएको छ । उसले जतिसक्दो चाँडो कोरोना नियन्त्रणमा लिनका लागि सेनासँग सहयोग माग्नुपर्ने अवस्था आएको हो । भारतको राजधानीसमेत रहको नयाँदिल्ली पछिल्लो समय कोरोनाको इपिसेन्टर नै बनेको छ।

दिल्ली सरकारले रक्षामन्त्रालयलाई पठाएको पत्रमा कोभिड केयर सुविधा र आईसीयू यूनिट सञ्चालनका लागि सेनाको सहयोग मागिएको छ। कोरोना सङ्क्रमणका बिरामीहरु बढेपछि भारतको राजधानी नयाँदिल्ली आईसीयू बेड र अक्सिजनको कमीसँग जुधिरहेको छ ।

करिव सात सातादेखि दैनिक तीन लाख ५० हजारभन्दा बढी सङ्क्रमित भारतमा फेला परिरहेका छन् । भारतको नयाँ दिल्लीमा मात्रै दैनिक २० हजारभन्दा बढीमा कोरोना पुष्टि भइरहेको छ । भारतीय मिडियामा आएको खबर अनुसार नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले अक्सिजन ढुवानीका लागि एकदमै धेरै सहयोग आवश्यक रहेको बताएका छन्।

‘अक्सिजन वितरणका लागि सेनासँग ट्रक छ भने मद्दत गरोस्।’ उपमुख्यमन्त्री सिसोदियाले भने, ‘रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ)सँग पाँच सय बेडको उपचार केन्द्र छ । यस्तै केन्द्र अरु भइदिए पनि सहयोग हुन्थ्यो।’

भारतमा कोरोनाको दोश्रो लहर चलेपछि दिल्ली सबैभन्दा बढी मारमा परिरहेको राज्य हो । नयाँदिल्लीमा बिरामीको लागि बेड र अक्सिजन कमी भएको खबर बारम्बार सञ्चार माध्यायममा आइरहेका छन् । भारतमा कोरोना सङ्क्रमितको उपचार गराउन अस्पतालमा बेडको अभाव भइरहेको छ । मृत्यु भएका सङ्क्रमितको शव जलाउने ठाउँ पनि पाउन छाडिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: