birat ribon

मुलुकका ४५ जिल्लामा निषेधाज्ञा

Neuro
मुलुकका ४५ जिल्लामा निषेधाज्ञा

विराटनगर / कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि अहिलेसम्म मुलुकका ४५ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपछि नेपालका ७७ मध्ये ४५ जिल्लामा निषेधाज्ञा लगाइएको हो । कोरोना भाइरस सङ्क्रमण फैलावटको अवस्था हेरेर अरु जिल्लामा पनि निषेधाज्ञा लगाउन सकिने गृह मन्त्रालयले जनाएको छ ।

cura insider

सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनद्धारा मोरङसहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको हो । गृह मन्त्रालयका अनुसार बाँके सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुमपश्चिम, डडेलधुरा र झापामा निषेधाज्ञा लगाइएको छ । त्यस्तै गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बजाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी र नवलपरासीपूर्वमा पनि निषेधाज्ञाको निर्णय लिइएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: