birat ribon

विश्वकै चौथो धनी बिल गेट्सले गरे पत्नीसँग सम्बन्ध विच्छेद

Neuro
विश्वकै चौथो धनी बिल गेट्सले गरे पत्नीसँग सम्बन्ध विच्छेद

विराटनगर / विश्वकै धनीमध्येको चौथो नम्बरमा रहेका बिल गेट्सले आफ्नी पत्नी (श्रीमती) सँग सम्बन्ध विच्छेद गरेका छन् ।

बिल गेट्स माइक्रोसफ्टका संस्थापक हुन् । उनले बिहे गरेको २७ वर्षपछि पत्नी मेलिन्डा गेट्ससँग सम्बन्ध विच्छेद गरेका हुन् । दुवै जनाले ट्वीटरमा एक ट्वीट गर्दै अब जोडीका रुपमा एकसाथ अघि बढ्न नसक्ने उल्लेख गरेका छन् ।

cura insider

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्ततिर भएको थियो । जतिबेला मेलिन्डाले बिल गेट्सको माइक्रोसफ्ट कम्पनीमा काम सुरु गरेकी थिइन् ।

विश्वमा खर्बपति दम्पत्तिभित्र उनीहरु पर्थे । यो खर्बपति जोडीका तीन सन्तान छन् । दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका थिए । बिल गेट्स विश्वकै चौथो धनी हुन्ज । सको हालको सम्पत्ति एक सय २४ बिलियन डलर रहेको बीबीसीले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: