birat ribon

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड नाघ्यो

Neuro
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड नाघ्यो

विराटनगर / छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ ।

कोरोनाको कठिन परिस्थितिसँग जुधिरहेको भारतमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ५५ हजार आठ सय २८ जना नयाँ बिरामी थपिएका छन् । नयाँ थपिएको सङ्क्रमित सङ्ख्या भने केही दिनयताको भन्दा कम हो । भारतमा सोमबारसम्ममा दैनिक चार लाख हारहारीमा सङ्क्रमित थपिने गरेका थिए ।

cura insider

भारतमा नयाँ थपिएकासहित गरेर जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड दुई लाख ७५ हजार पाँच सय ४३ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ६६ लाख सात सय तीन जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

३४ लाख ५२ हजार चार सय ५७ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जना सङ्क्रमितको अवस्था चिन्ताजनक रहेको वाल्डो मिटर्सले जनाएको छ । भारतमा कोरोनाका कारण मृत्यु भएको सङ्ख्यामा पनि केही कमी भएको छ । एकै दिन तीन हजार चार सय ३८ जनाको मृत्यु भयो ।

यसअघि तीन हजार पाँच सयभन्दा बढी भारतीय नागरिकको कोरोनाका कारण मृत्यु हुने गरेको थियो । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दुई लाख २२ हजार तीन सय ८३ पुगेको छ । नेपालसँग खुला सीमा रहेको भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

हालसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ३८ हजार आठ सय ५१ जना नयाँ बिरामी थपिए । यसअघि दैनिक ५० हजार हाराहारीमा सङ्क्रमित थपिने गरेका थिए । त्यो सङ्ख्यामा कमी हुँदै जानुलाई कोरोना नियन्त्रणका लागि गरिएको प्रयासले केही मात्रामा सफलता प्राप्त गरेको रुपमा लिइएको छ ।

अमेरिकामा अहिलेसम्म तीन करोड ३२ लाख २९ हजार चार सय ४५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये दुई करोड ५९ लाख सात हजार पाँच सय ७० जना उपचारपछि निको भएका छन् । ६७ लाख ३० हजार तीन सय ६१ जनाको उपचार जारी छ ।

उपचारतमध्ये नौ हजार चार सय २६ जनाको अवस्था गम्भीर छ । अमेरिकामा एकै दिन चार सय ४३ जना सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण मृत्यु हुने सङ्ख्यामा पनि केही कमी भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९१ हजार पाँच सय १४ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ३६ हजार पाँच सय २४ जना नयाँ बिरामी थपिए । ब्राजिलमा पनि नयाँ सङ्क्रमितको सङ्ख्यामा केही कमी हुँदै गइरहेको छ । यसअघि दैनिक एक लाखभन्दा बढीमा कोरोना पुष्टि हुने गरेको थियो ।

ब्राजिलमा हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड ४७ लाख ९१ हजार चार सय ३४ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ३३ लाख ३६ हजार चार सय ७६ जना उपचारपछि निको भएका छन् । १० लाख ४६ हजार एक सय २९ जनाको उपचार जारी रहेको छ । उपचारतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन ब्राजिलमा एक हजार ५४ सङ्क्रमितको मृत्यु भयो । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । यसअघि दैनिक तीन हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो । ब्राजिलमा अहिलेसम्म चार लाख आठ हजार आठ सय २९ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र छ लाख ६७ हजार दुई सय ५९ जनामा सङ्क्रमण पुष्टि भयो । सङ्क्रमित सङ्ख्या १५ करोड ४१ लाख ७२ हजार पाँच सय ९६ पुगेको छ । सङ्क्रमितमध्ये १३ करोड २२ लाख ९० हजार ५६ जना उपचारपछि निको भएका छन् ।

एक करोड ८६ लाख ५५ हजार आठ सय १५ जनाको उपचार भइरहेकोमा एक लाख १२ हजार चार सय ५७ जनाको अवस्था गम्भीर छ । एकै दिन विश्वमा १० हजार चार सय ३४ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३२ लख २६ हजार सात सय २५ पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: