birat ribon

नेपाल अन्तर्राष्ट्रिय टी–ट्वान्टी र एकदिवसीय वरीयतामा माथि उक्लियो

Neuro
नेपाल अन्तर्राष्ट्रिय टी–ट्वान्टी र एकदिवसीय वरीयतामा माथि उक्लियो

विराटनगर / नेपाल अन्तर्राष्ट्रिय टी–ट्वान्टीको विश्व वरीयतामा पुनः माथि उक्लिएको छ । नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिकोणात्मक सिरिज जितेर एक स्थान माथि उक्लिएको नेपाल एक साता नबित्दै आइसिसीको नयाँ वरीयतामा पुनः एक स्थानमाथि उक्लिएको हो ।

आइसिसीले सोमबार जारी गरेको नयाँ वरीयताअनुसार नेपाल अन्तर्राष्ट्रिय टी–ट्वान्टीको विश्व वरीयताको १३औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १४औँ स्थानमा थियो । नयाँ वरीयताअनुसार नेपालको रेटिङ्ग्स एक सय ८७ पुगेको छ ।

cura insider

पछिल्लोपटक नेपालले स्कटल्यान्ड र युएईलाई उछिनेको छ । यसअघि स्कटल्याण्ड १३औँ स्थानमा थियो । स्कटल्यान्ड अब १४औँ स्थानमा चिप्लिँदा युएई १५औँ स्थानमा पुगेको छ । नेपालभन्दामाथि टेस्ट मान्यताप्राप्त राष्ट्रहरू छन् । आयरल्यान्ड १२औँ स्थानमा छ ।

आयरल्यान्डको रेटिङ्ग्स एक सय ८८ छ भने ११औँ स्थानको जिम्बाबवेको रेटिङ् एक सय ९१ छ । नेपालले १९ खेलबाट तीन हजार पाँच सय ५६ अङ्क जोडेको छ । आयरल्यान्डको १८ खेलबाट तीन हजार तीन सय ८८ अङ्क छ ।

त्यसैगरी, नेपाल अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको विश्व वरीयतामा समेत एक स्थान माथि उक्लेको छ । यसअघि १७औँ स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १६औँ स्थानमा उक्लिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: