birat ribon

आँखा फर्फराउने समस्या हटाउने केही प्रभावकारी उपाय

Neuro
आँखा फर्फराउने समस्या हटाउने केही प्रभावकारी उपाय

विराटनगर / अधिकांश मानिसहरूलाई बेला बेला आँखा फर्फराउने समस्याले सताउने गरेको हुन्छ । केही घण्टादेखि केही दिनसम्म जारी रहने आँखा फर्फराउने समस्या कोही मानिसमा भने हप्तौँसम्म पनि आँखा फर्फर गरिरहेको हुनसक्छ ।

हालको समयमा वर्क फ्रम होम र समय कटाउनका लागि मोबाइल, कम्प्युटर र ल्यापटपको प्रयोगले आँखामा थप भार परिरहेको छ । आँखालाई धेरै भार पर्ने काम गरे, अनिद्राको समस्याले सताएमा वा कुनै कारणले आँखालाई कष्ट पर्नु आँखा फर्फराउनुको मुख्य कारण हुन् ।

cura insider

शरीरमा पोषक तत्वको कमी, प्रदूषण, आँखा सुक्खा भएमा, प्रकाश संवेदनशील आँखा, एलर्जी, तनाव, थकान, क्याफिन तथा अल्कोहलको प्रयोगका कारणले आँखा फर्फराउने हुन्छ । आँखा फर्फराउने समस्या हटाउनका लागि ग्रिन टी व्यागले सहयोग गर्न सक्छ । प्रत्येक पटक ग्रिन टी प्रयोग गरेपछि उक्त व्यागलाई फ्रिजमा राख्ने र चिसो भएपछि आँखा बन्द गरी राख्नुपर्छ ।

सन् २०११ को अध्ययनका अनुसार, ग्रिन टीमा एपिगेलो क्याटेचिन गलेट भनेर चिनिने पोलिफेनल हुन्छ, जसमा एन्टिअक्सिडन्ट र एन्टिइन्फ्लेमेटरी प्रभाव हुन्छन् । त्यस्तै, रोज वाटर अर्थात् गुलाबजललाई कपासमा डुबाएर उक्त कपास आँखामा राख्न सकिन्छ । तनावयुक्त आँखालाई उपचार गर्ने सस्तो उपचार गुलाबजल हो ।

थकित आँखामा काँक्राको टुक्रा १५ मिनेटसम्म राख्न सकिन्छ । साथै, दैनिक आठदेखि १० गिलास वा प्रशस्त मात्रामा पानी पिउनु आँखा फर्फराउने समस्याको प्रभावकारी उपचार हुनसक्छ । साथै, स्ट्रबेरीको सेवनले पनि आँखा फरफराउने समस्या हटाउन सहयोग पुर्‍याउन सक्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: