birat ribon

मोरङमा निषेधाज्ञा उल्लङ्घन गर्ने तीन सय १२ सवारी साधन कारवाहीमा

Neuro
मोरङमा निषेधाज्ञा उल्लङ्घन गर्ने तीन सय १२ सवारी साधन कारवाहीमा

विराटनगर / मोरङमा निषेधाज्ञा उल्लङ्घन गर्ने तीन सय १२ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार निषेधाज्ञाको दोस्रो दिन सोमबार विभिन्न स्थानबाट लुकिछिपी अवैध रूपमा मानिसहरूको ओसार–पसार गर्ने कार्यमा प्रयोग गरिएका सवारी साधनहरू नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार २ पाङ्ग्रे, ३ पाङ्ग्रे र ४ पाङ्ग्रे गरी जम्मा तीन सय १२ वटा सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय मोरङलगायत मातहत कार्यालय समेतबाट नियन्त्रणमा लिई नियमानुसार कारवाही गरिएको हो ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: