birat ribon

एनएसएल : विराटनगर शीर्ष स्थानमा उक्लियो

Neuro
एनएसएल : विराटनगर शीर्ष स्थानमा उक्लियो

काठमाडौँ / एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विराटनगर सिटी चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

cura insider

पहिलो हाफमा गोल रहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थिए ।

त्यसपछि ८९औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जितको निश्चित गरे । १० मिनेट इन्जुरी समयमा चितवन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

पहिलो हाफमा विराटनगरलाई दबाबमा राखेको चितवनले केही राम्रा अवसर पाएको थियो ।

तर चितवनको अग्रपंत्तिले अवसरलाई सदुपयोग गर्न असफल रहेको थियो । दोस्रो हाफमा भने विराटनगर हावी हुँदै चितवनलाई दबाब दिएर खेल पस्किँदा जित निकाल्न सफल भएको थियो ।

जितबाट शीर्ष स्थानमा उक्लिएको विराटनगरले ४ खेलबाट ७ अङ्क जोडेको छ । गोलान्तरका आधारमा विराटनगरले धनगढी फुटबल क्लबलाई पछि पार्र्दै शीर्षता कायम गरेको हो । उता अङ्क गुमाएको चितवनले चार खेलबाट मात्र २ अङ्क जोडेको छ ।

दुई खेलमा बराबरी र दुई खेलमा अङ्क गुमाएको चितवनले जारी लिगमा जितविहीन छ । यस्तै ललितपुर सिटी पनि जारी लिगमा जितविहीन टोली हो ।
प्रतियोगितामा मङ्गलबार बुटवल लुम्बिनी फुटबल क्लब र काठमाडौँ रेजर्सबीच खेल हुनेछ ।

बुटवलले तीन खेलबाट ५ अङ्क जोडेको छ भने काठमाडौँ रेजर्सको समान तीन खेलबाट ४ अङ्क छ । मङ्गलबार हुने खेलमा दुवै टोली अघिल्लो चरण प्रवेश गर्न स्पष्ट जितका लागि प्रतिस्पर्धा गर्नेछन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: