birat ribon

विराटनगरमा दुई सय २६ सहित प्रदेशमा छ सय सात जनामा कोरोना सङ्क्रमण

Neuro
विराटनगरमा दुई सय २६ सहित प्रदेशमा छ सय सात जनामा कोरोना सङ्क्रमण

विराटनगर / प्रदेश १ मा सोमबार छ सय सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा दुई सय ८२, झापामा एक सय ५१, सुनसरीमा एक सय एक, उदयपुरमा ११, धनकुटामा आठ, इलाममा सात, सङ्खुवासभामा छ, खोटाङमा तीन, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा समान एक र प्रदेश १ बाहिरका ३४ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९७ महिला र एक सय २९ पुरुषसहित दुई सय २६, सुन्दरहरैँचामा २०, जहदामा सात, बूढीगङ्गा र उर्लाबारीमा समान पाँच, कटहरीमा चार, पथरीशनिश्चरे र बेलबारीमा समान तीन, लेटाङ, रङ्गेली र सुनवर्षीमा समान दुई, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका समान एक जनामा कोरोना पुष्टि भएको छ ।

cura insider

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार नौ सय ४१ पुगेको छ । सङ्क्रमित भएकामध्ये ३० हजार ७९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार तीन सय ५७ पुगेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: