birat ribon

दिनको समयमा एक घण्टाभन्दा बढी सुत्नु डाइबेटिजको सङ्केत हुनसक्ने

Neuro
दिनको समयमा एक घण्टाभन्दा बढी सुत्नु डाइबेटिजको सङ्केत हुनसक्ने

विराटनगर / दिनको समयमा एक घण्टाभन्दा बढी सुत्नु डाइबेटिजको सङ्केत हुनसक्ने अध्ययनले देखाएको छ । दिनको समयमा बिनाकारण थकाइ लग्ने र दिनमा धेरै सुत्ने गर्ने मानिसमा टाइप टु डाइबेटिज भएको सङ्केत भएको जापानका अनुसन्धानले देखाएको हो ।

जापानको टोकियो विश्वविद्यालयले करिब तीन लाख मानिसमा गरेको अध्ययनले यस प्रकारको निष्कर्ष निकालेको हो । अध्ययनमा सहभागीमध्ये दिनको समयमा ६० मिनेटभन्दा बढी सुत्ने मानिसमा ४५ प्रतिशत डाइबेटिजसँग केही सम्बन्ध रहेको रहेको देखिएको छ ।

cura insider

तर, ४० मिनेटभन्दा कम सुत्ने मानिस र डाइबेटिजसँग सम्बन्धित नभएको अध्ययनकर्ताले बताएका छन् । अनिन्द्राको समस्याले मानिस दिनको समयमा सुत्ने गर्छन् । निन्द्रा नपुग्दा कोही मानिस दिनको समयमा सुत्छन् । यसलाई सामान्य रूपमा लिन सकिन्छ ।

तर दिनमा दैनिक जसो ६० मिनेटभन्दा बढी सुत्ने मानिसमा टाइप २ डाइबेटिजको भएको सङ्केत गर्छ । साथै, निद्रा नपुग्दा हृदयघात, स्ट्रोक, हृदयसम्बन्धी समस्याहरू र अन्य मेटाबोलिजमको रोग जोखिम बढाउन सक्छ ।

डाइबेटिज हुनुको प्रमुख कारणमध्ये निद्राको गडबडी पनि एक हो । निन्द्रा नपुग्दा वा निन्द्रामा समस्या हुँदा भोक बढी लाग्ने हुन्छ जसले मानिसमा टाइप २ डाइबेटिज हुने सम्भावना बढाउँछ । अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रोफेसर नाभिद सतरका अनुसार अनिद्राले शरीरमा चिनीको मात्रा बढाइदिन्छ र यो डाइबेटिजको सुरुआती सङ्केत हुनसक्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: