birat ribon

चेन्नईका तीन अधिकारीसहित कलकत्ताका दुई खेलाडीमा कोरोना

Neuro
चेन्नईका तीन अधिकारीसहित कलकत्ताका दुई खेलाडीमा कोरोना

विराटनगर / चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी चेन्नई सुपर किङ्ग्सका तीन जना र कलकत्ता नाइट राइडर्सका दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

चेन्नई क्रिकेट टोलीमा सङ्क्रमित हुनेमा प्रमुख कार्यकारी अधिकृत काशी विश्वनाथन, बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजी र एकजना बसका सफाइ कर्मचारी हुन् । दिल्लीमा रहेका टोलीका खेलाडीमा भने सङ्क्रमणको पुष्टि भएको छैन । आइतबार कोरोना परीक्षण गरिएको थियो ।

cura insider

यसैबीच, कलकत्ता नाइट राइडर्सका दुईजना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । कलकत्ता र बैङ्ग्लोरबीच आज राति अहमदाबादका लागि निर्धारित खेल स्थगित भई पुनर्तालिका गरिएको छ ।

कलकत्ताका स्पिनर वरुण चक्रवर्ती र तीव्र गतिका बलर सन्दीप वरियरमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत अप्रिलमा आइपिएल सुरु भएयता खेलाडी तथा अधिकारीमा पहिलो पटक कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: