birat ribon

‘बाबरी’को पहिलो चरणको छायाङ्कन सकियो

Neuro
‘बाबरी’को पहिलो चरणको छायाङ्कन सकियो

विराटनगर / निर्देशक सुरेन्द्र पौडेलले फिल्म ‘बाबरी’ को पहिलो चरणको छायाङ्कन सकेका छन् ।

फिल्मको छायाङ्कन पूर्वको लेटाङबाट सुरु गरिएको थियो । तर कोरोना महामारीका कारण फिल्मको दोस्रो चरणको छायाङ्कन भने रोकिएको छ ।

cura insider

नेपालमा एउटा गीतमात्र खिच्न बाँकी रहेको र बाँकी छायाङ्कन सिक्किममा गर्नुपर्ने निर्माण टिम बताउँछन् । कोरोना कहरका कारण भारत नाका बन्द भएकाले तत्काललाई सुटिङ रोकेको बताइएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘बाबरी’ मा अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी मुख्य भूमिकामा छन् । फिल्ममा धीरज टोटलानी, तृप्ति नाडकरलगायत कलाकारको पनि अभिनय रहने छ ।

बाबरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको सङ्गीत रहेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: